ताजा समाचार
खडक नगरपालिकाको छैठाैं नगर सभा सम्पन्न - आव ०७७/७८ काे वजेट प्रस्तुति
नगर सभा सम्पन्न मिति २०७७/०३/२५
२. बजेट वक्तव्य आ.व. २०७७÷०७८ नगर उपप्रमुख श्री यासमिन सूलतान ज्यू वाट प्रस्तुत भएका वजेट वक्तव्य ।
आदरण्ीाय सभा अध्यक्ष महोदय ज्यु , सभा सदस्य ज्यू, उपस्थित कर्मचारी वर्गहरु ।
विश्वमा नै कोभिड १९ को माहामारीले प्रभाव पारेको यस कठिन परिस्थितिमा यस नगरको नीति तथा कर्यक्रम प्रस्तुत गर्नु परेको छ ।
जनआन्दोलन, सशस्त्र जनयुद्ध, मधेश जनविद्रोह र मधेस आन्दोलन लगायत विभिन्न लोकतान्त्रिक आन्दोलनहरुबाट स्थापित नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशिष्ट योगदान पु¥याई जीवन अर्पण गर्नुभएका सम्पूर्ण वीर शहिदहरु प्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दछु ।
कोभिड १९ को यस माहामारीबाट विश्वमा लाखौं मानिसहरुले ज्यान गुमाएका छन् भने लाखौ मानिसहरु संक्रमित भएका छन् । यस महामारीबाट स्वदेश तथा विदेशमा ज्यान गुमाएका नेपाली नागरिक र विदेशी नागरिकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवार जन प्रति हार्दिक समवेदना प्रकट गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
यस कठिन परिस्थितिमा आफ्नो ज्यानको जोखिमलाई प्रवाह नगरी मानवीय सेवामा समर्पित चिकित्सक, स्वास्थ्कर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्वुलेन्स चालक लगायत यस क्षेत्रमा अहो रात्र सेवारत सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक एवं सामाजिक संघ संस्थाहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
विश्वको इतिहासमा घटित यस्ता घटनाहरुबाट अपूरणीय मानवीय तथा आर्थिक क्षति भएपनि अन्ततोगत्वा यस्ता महामारीहरु माथि मानिसले जीतप्राप्त गरेको इतिहास साक्षी छ । तसर्थ, हामी हाम्रो लगनशीलता, धैर्यता तथा कर्तव्यनिष्ठाले यस्ता माहामारीलाई अवश्य जित्नेछौं भन्ने आशा राखेको छु । यस्तो परिस्थितिमा खडक नगरपालिका अर्थात हामी हर सम्भव जनताको साथ तन, मन तथा स्रोतले सदैव ऐक्यवद्व रहनेछ ।
आगामी आ.व.२०७७÷०७८ को लागि कुल वजेट सामाजिक सुरक्षा भत्ता समेत गरी रु. ६३१२२१९४०।०० (अक्षरेपी रु. त्रिसठी करोड वाह्र लाख एकईस हजार नौ सय चालिस मात्र) अनुमान गरेको छु । सो मध्ये चालु खर्च तर्फ कुल वजेट रु. ४७,८७,६९,०००।०० (अक्षरेपी रु. सरचालिस करोड सतासी लाख उन्नसत्तरी हजार मात्र) अनुमान गरेको छु, जुन सम्पुर्ण वजेटको ७५.८४ प्रतिशत हुन आउछ । र पुँजीगत तर्फ कुल वजेट रु.१५,२४,५२,०००।००(अक्षरेपी रु. पन्ध्र करोड चौविस लाख वाउन्न हजार मात्र) अनुमान गरेको छु, जुन सम्पूर्ण वजेटको २४.१५ प्रतिशत हुन आउछ । चालु खर्च अभिवृद्धि हुने मुख्य कारणहरुमा राष्ट्रसेवक कर्मचारीहरुको तलव वृद्धि, सामाजिक सुरक्षाको दर वृद्धि, संघीय तथा प्रादेशिक सशर्त वजेट चालु खर्चमै समावेश हुनु तथा केहि पुँजीगत प्रकृतिका कार्यहरु समेत चालु शिर्षकमा राखिएकोले गर्दा चालु खर्चमा बढोत्तरी भएको सादर निवेदन गर्न चाहन्छु । कुल वजेट मध्ये विषयगत रुपमा क्षेत्रगत निम्नानुसार वजेट विनियोजन रहेको निवेदन गर्दछु ।
क) अर्थिक विकास तर्फ कृषि पशु विकास उद्योग र पर्यटन लगायतका विभिन्न योजनाहरुमा कुल १ करोड ८४ लाख ५२ हजार रकम विनियोजन गरिएको छ जुन कुल विषय कार्यक्रमगत बजेटको ११.३६ प्रतिशत हुन आउछ ।
ख) सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथ सरसफाई लगायत लैगिक समान्ता र सामाजिक समावेशिकरणको लागि महिला दलित जेष्ठ नागरिकहरुको लागि क्षमता विकासको लागि विभिन्न योजनाहरुमा कुल ३ करोड ८ लाख ५० हजार रकम विनियोजन गरिएको छ । जुन कुल विषय कार्यक्रमगत बजेटको १९.०५ प्रतिशत हुन आउँछ ।
ग) पूर्वाधार विकास तर्फ लागि स्थानीय सडक पुल पुलेसा, सिचाई, विद्युत र नगरपालिकाको प्रशासकीय भवन तथा वडा कार्यालय भवन समेत गरी विभिन्न योजनाहरुमा कुल ९ करोड ६ लाख ७५ हजार विनियोजन गरिएको छ जुन कुल विषय कार्यक्रमगत बजेटको ५५.९९ प्रतिशत हुन आउँछ ।
घ) वातावरण तथा विपद व्यवस्थापन तर्फ कोरोना संक्रमण नियन्त्रण उपचार कोष तथा विभिन्न योजनाहरुमा कुल ४६ लाख विनियोजन गरिएको छ जुन कुल विषय कार्यक्रमगत बजेटको २.८४ प्रतिशत हुन आउँछ ।
ङ) संस्थागत विकास एंव सेवा प्रवाह तर्फ विभिन्न योजनाहरुमा कुल ४९ लाख ७५ हजार रकम विनियोजन गरिएको छ । जुन कुल विषय कार्यक्रमगत बजेटको ३.०७ प्रतिशत हुन आउँछ ।
त्यसतै
च) वित्तिय व्यवस्थापन र सुशासन तर्फ समपुरक कोषमा ९३ लाख र विभिन्न योजनाहरुमा रु २६ लाख गरी कुल १ करोड २४ लाख रकम विनियोजन गरिएको छ । जुन कुल विषयगत कार्यक्रमगत वजेटको ७.६५ प्रतिशत हुन आउँछ ।
अन्त्यमा यो नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सबैे प्रति आभार प्रकट गर्दै सफल कार्यान्वयनको कामना गर्दछु ।
धन्यवाद ।